Logo

हड्ताली न्यायाधीश राउतलाई के ईमर्जेन्सी पर्यो, पहिलो नम्बरमा हुँदापनि मुद्दा हेर्न भ्याएनन् ?



काठमाडौं, १७ मंसिर । सर्वोच्च अदालतमा हड्ताली न्यायाधीशहरुको नाटकमञ्चन सुरु भएको छ । गोलाप्रथाबाट इजलास तोकिँदा पनि उनीहरुले मुद्दाको सुनुवाई गरेको पाईएको छैन् । हड्ताली न्यायाधीश प्रकाशमान सिंह राउतले पहिलो नम्बरमा हुँदापनि आज बेञ्च बसाएनन् ।

उनले नियतवश बेञ्च नबसाएको अहिले अदालतभित्र टिप्पणी भैरहेको छ । आजको दैनिक पेशी सुचीको पहिलो नम्बरमै न्यायाधीश राउत र न्यायाधीश हरि प्रसाद फुयाँलको संयुक्त ईजलास थियो ।

तर, उक्त मुद्दाको आज कुनै सुनुवाई नै भएन् । मुद्दाको स्थिति हेर्न नभ्याईनेमा राखिएको छ। न्यायाधीश राउतलाई त्यस्तो के काम आईपर्यो र ? उनले उक्त मुद्दा पहिलो नम्बरमा हुँदापनि हेर्न भ्याएनन् भनेर अहिले आलोचना भैरहेको छ ।

हेर्नुहोस कजलिष्ट :



प्रतिक्रिया दिनुहोस्