Logo

प्रदेश २ को कांग्रेस प्रदेश सभापतिमा देउवा पक्षीय कृष्णा यादवको उम्मेदवारी



काठमाडौँ, १७ मङ्सिर। नेपाली कांग्रेस प्रदेश २ प्रदेश सभापति पदका लागि कांग्रेस रौतहटका सभापति कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट यादवले उम्मेदवारी घोषणा गरेको हुन् ।

प्रदेश २ सभापति पदमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादवले एक सातअघि नै उम्मेदवारी घोषणा गरेका थिए । उनी कांग्रेसका उपसभापति विमलेन्द्र निधि पक्षका नेताको रुपमा चिनिन्छन् ।उम्मेदवारी दिएका नेताहरूले शनिबारसम्म आआफ्नो प्यानल नै सार्वजनिक गर्ने बताएका छन् ।

यसअघि सभापति देउवा र निधि एकै समूहमा रहे पनि १४औं महाधिवेशनमा निधि देउवाबाट अलग बनेर आफैं सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । त्यसको असर जिल्ला र प्रदेशमा पनि देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्