Logo

टेकु अस्पतालमा इमरर्जेन्सी सेवा निःशुल्क



काठमाडौं, १७ मंसिर । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमरर्जेन्सी सेवा निशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशन पछि सेवा निुशल्क हुने भएको हो ।

सरकारी अस्पतालबाट पाउने स्वास्थ्यको मौलिक हक अन्तर्गत सेवा दिलाउने लक्ष्य अन्तर्गत टेकु अस्पतालबाट पहिलो पटक सुरु गर्न लागेको जनाईएको छ । अस्पतालले कोरोना जोखिमलाई समेत ध्यान दिँदै मंसिर १९ गतेबाट यो व्यवस्था लागु गर्न लागेको जनाएको छ । निशुल्क सेवाको लागि आवश्यक पर्ने सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ ।

रगत परीक्षण, एक्सरे, इसीजी जस्ता सुविधा र २४ घन्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधीसमेत निशुल्क अन्तर्गत रहेको छ । सो अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको हो।



प्रतिक्रिया दिनुहोस्