Logo

गायिका रचना रिमाल पढाईमा पनि अब्बल, उत्कृष्ट अंकसहित कक्षा १२ उत्तिर्ण



काठमाडौं, १७ मंसिर । पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल कक्षा १२ उत्तिर्ण गरेकी छिन् । गायिका रिमालले ३.४४ उत्कृष्ट ग्रेडसहित कक्षा १२ पास गरेकी हुन् ।

उनले झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट कक्षा १२ को परीक्षा दिएकी हुन् । रचनाले कक्षा १२ उत्तिर्ण भएसँगै स्नातकको पढाई सुरु गर्ने भएकी छिन् । नेपाल आइडलबाट एकाएक चर्चामा आएकी रिमालको हाल बसाई काठमाडौंमा धेरै हुने गरेको छ । गीत संगितमा व्यस्त रचनाले संगितको कक्षा समेत लिन थालेकी छिन् ।

गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको कक्षा १२ को परीक्षामा करीब ३ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । पटक–पटक कारोना भाइरसको कारण पछि सरेको परीक्षा विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेर भौतिक रुपमै सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्