Logo

बारको आन्दोलनमा औंलामा गन्न मिल्ने संख्यामामात्रै अधिवक्ताहरुको उपस्थित् : काउन्टर आन्दोलनमा बढ्यो सहभागिता, श्रेष्ठ र थापा तनावमा



काठमाडौं, १७ मंसिर । नेपाल बारको आन्दोलन लगभग तुहिएको छ । हड्ताली न्यायाधीशहरु र बारको आन्दोलनका अगुवाई गरेका अधिवक्ताहरु नै ईजलाशमा फर्किएका छन् । र, बहस तथा पैरवीमा फर्किएका छन् । अहिले बारको आन्दोलनमा नगन्य मात्रामा अधिवक्ताहरुको उपस्थिति देखिन थालेको छ। बारको आन्दोलनको उद्देश्य नै गलत थाहा पाएपछि अधिवक्ताहरु बारको आन्दोलनमा जान छोडेका छन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शम्भु थापालगायत बारका पदाधिकारीको निजी स्वार्थको लागि र सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने षड्यन्त्रअनुसार आन्दोलन गरेको थाहा पाएपछि अधिकांश अधिवक्ताहरु आन्दोलनमा सहभागीहुन छोडेका छन् । बरु, बारको आन्दोलनको विरुद्धमा उत्रिएका स्वतन्त्र कानून व्यवसायीहरुको आन्दोलनमा भने उपस्थित् धेरै बढेको छ ।

अदालत परिसरमा आन्दोलनमा उत्रिएका अधिवक्ताहरुको संख्या नै औांलमा गन्न मिल्ने रहेको छ । कतिपय अधिवक्ताहरु त सेल्फी खिच्नमै व्यस्त देखिएका छन् । न्यायालयलाई विवादमा तान्न नहुने भन्दै जनस्तरबाट आएको दबाब अनुसार बारको आन्दोलन निश्क्रियप्रायः भएको छ । अहिले बारका अगुवाहरु सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरु गुहार्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्