Logo

पिएचडी गर्ने लक्ष्य लिएकी करिश्मा १२ पास



काठमाडौं, १७ मंसिर । पिएचडी गर्ने लक्ष्यका साथ बढेकी नायिका करिश्मा मानन्धर १२ पास भएकी छिन् । उनी २ं.४१ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण भएकी हुन् ।

करिश्मा गदावरीस्थित किटिनी कलेजबाट १२ कक्षा उत्तीर्ण भएकी हुन् । कलेज उनकै जन्मस्थान नजिकै पर्छ ।

करिश्मा ग्रामीण विषय लिएर स्नातक अध्ययन गर्ने भएकी छिन् । उनी एसएलसी समेत उत्तीर्ण थिइनन् ।

एलएलसी पास नगरेकी नायिका भनी कतिपयले होच्याएपछि करिश्मा इख लिएर विद्यालय भर्ना भइन् । उनले एलएलसी उत्तीर्ण गरी किटिनी कलेजबाट दश जोड २ अध्ययन गरिन् ।

करिश्मा पिएचडी गर्ने धोकोको साथ अध्ययनमा बढेकी छिन् । उनको अध्ययनको सफल यात्रालाई धेरैले प्रशंशा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्