Logo

बाग्मती प्रदेशका सभापतिका उम्मेद्धवार बानियाँले पहिलो राउण्डमै जित्ने दाबी



काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सभापतिका उम्मेद्धवार ईन्द्रबहादुर बानियाँले आफूले चुनाव जित्ने दाबी गरेका छन् । रिपोर्टर्स नेपाल डकमसँगको संक्षिप्त कुराकानीमा बानियाँले आफूले जित्ने आधार भनेको बाग्मती प्रदेशमा आफूले खेलेको भूमिका र पार्टीलाई बलियो बनाएको सुनाए । बानियाँ बाग्मती प्रदेशको पार्टीका संसदीय दलका नेता पनि हुन् । अहिले नेकपा समाजवादी पार्टी राजेन्द्र पाण्डे मुख्यमन्त्री भए पनि दुई दलबीचको सहमतिअनुसार बानियाँ केही महिनापछि उक्त प्रदेशको मुख्यमन्त्रीपनि बन्ने बताइएको छ ।

पार्टीको जारी महाधिवेशनमा हिजोबाट सुरु भएको प्रदेश महाधिवेशनमा बानियाँले सभापति शेरबहादुर देउवाको प्यालनबाट सभापतिमा उम्मेद्धवारी दिएका हुन् । उनलाई बाग्मती प्रदेशका अधिकांश जिल्लाका सभापतिको समर्थन रहेको छ । उनले रिपोर्टर्स क्लब नेपालमा मंसिर १५ गते उम्मेद्धवारी घोषणा गरेका थिए ।

उता रामचन्द्र पौडेल समुहबाट साझा उम्मेदवार बनेका जगदिनश्वरनरसिंह केसी प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । केन्द्रको नेतृत्वमा पौडेल समुहबाट साझा उम्मेदवार अहिलेसम्म तय नभए पनि बागमतिमा केसी साझा उम्मेदवार भएकाले उनी पनि बलियो अवस्थामा रहेको देखिन्छ ।

तर पौडेल समूहबाटै कतिपयले बानियाँलाई मत दिने चर्चा पनि चलेको छ । पौडेल पक्षका एक नेताले भने,‘हाम्रो समूहको धेरै भोट ईन्द्र बानियाँलाई जाने बुझिएको छ, हाम्रो समूहबाट सभापतिको उम्मेद्धवार तय गर्दा पनि सर्वसम्मत् रुपमा चयन गर्न सकिएको थिएन ।’ यसअघि पौडेल समूहबाट रमेश धमला, मधु आचार्य लगायत आकांक्षी थिए । तर, पौडेल समूहले भने अन्तिममा जगदिश्वरनरसिंह केसीको नाम फाईनल गरेको थियो ।

उता, कृष्ण प्रसाद सिटौला समुहबाट पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले उम्मेद्धवारी दिएका छन् । तीन जना प्रतिस्पर्धी भए पनि बानियाँले आफूले पहिलो राउण्डमै सभापतिको चुनाव जित्ने दाबी गरे । उनले ५५ लाख भन्दा जनताको समृद्धिको लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास दिलाएका थिए । उनले कांग्रेसलाई सबै जनताको हृदयमा बसाउनेगरि काम गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्