Logo

काँग्रेसको ६ वटा प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता (को कहाँ सुचीसहित)



काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेस प्रदेश सभापतिका लागि ६ वटा प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षले ६ वटै प्रदेशमा उम्मेदवारी दर्ता गरेका छन् ।

काँग्रेसको केन्द्रीय सभापतिका लागि हुने प्रतिष्पर्धामा कुन पक्षको पल्लाभारी रहेको देखाउने प्रदेश सभापतिको निर्वाचनलाई चासोका साथ हेरिएको छ । विशेषगरी राजधानी उपत्यकासमेत रहेको बागमती प्रदेश र प्रदेश १ मा धेरैको चासो छ । प्रदेश १ मा डा. शेखर कोइराला र बागमती प्रदेशमा प्रकाशमान सिंहको शक्तिको परीक्षण हुँदैछ । त्यसैले दुवै नेताहरु आफ्नो क्षेत्रमा पक्षका उम्मेदवारलाई जिताउन सक्रिय भएका छन् ।

प्रदेश १
संस्थापन पक्षः उद्धव थापा
संस्थापन इतर पक्षः गुरुराज घिमिरे

बागमती प्रदेश
संस्थापन पक्षः इन्द्र बाँनिया र भीमसेनदास प्रधान
संस्थापन इतर पक्षः जगदीश्वरनरसिंह केसी

गण्डकी प्रदेश
संस्थापन पक्षः अजुनप्रसाद जोशी
संस्थापन इतर पक्षः शुक्रराज शर्मा

लुम्बिनी प्रदेश
संस्थापन पक्षः भरतकुमार शाह
संस्थापन इतर पक्षः अमर सिंह पुन

कर्णाली प्रदेश
संस्थापन पक्षः ललितजंग शाही
निधि पक्षः मोतिराज बम
संस्थापन इतर पक्षः भूपेन्द्रजङ्ग शाही

सुदूरपश्चिम प्रदेश
संस्थापन पक्षः वीरबहादुर बलायर
संस्थापन इतर पक्षः नारायण मिश्र



प्रतिक्रिया दिनुहोस्