Logo

पाँच सातापछि सर्वोच्चमा उत्साहजनक सुनुवाइ



काठमाडौं, मंसिर १८। सर्वोच्च अदालतमा पाँच सातापछि शुक्रबार उत्साहजनक सुनुवाइ भएको छ । बारको आन्दोलन कमजोर भएसँगै सर्वोच्चले आफ्ना सेवा सुचारु गर्न थालेको हो ।

शुक्रबार १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ । न्यायाधीशहरू दीपककुमार कार्की र डा। मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि २१ थान मुद्दा तोकिएको थियो । त्यसमध्ये १२ वटा मुद्दामा आदेश भएको छ । हेर्न नमिल्ने तीन मुद्दा र निवेदकतर्फबाट स्थगित गरेको छ । मुद्दाबाहेक अधिकांश मुद्दामा सुनुवाइ भएको छ । हेर्न नभ्याइने सूचीमा एउटा पनि मुद्दा छैन ।

त्यस्तै, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलासमा १५ थान मुद्दा सुनुवाइका लागि तोकिएको थियो । त्यसमध्ये चार मुद्दामा आदेश र दुई थान मुद्दामा फैसला भएको छ । हेर्न नभ्याइने सूचीमा जम्मा तीन थान मुद्दा मात्र छन् ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि चार थान मुद्दा तोकिएको थियो । चारै थान मुद्दामा आदेश भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा तीन थान मुद्दामा पेसी तोकिएकोमा दुई थान मुद्दामा आदेश भएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्