Logo

काँग्रेसको ६ प्रदेशमा सभापतिसहित कार्यसमिति निर्वाचन (कहाँ को प्रतिष्पर्धामा सूचीसहित)



काठमाडौं, १८ मंसिर । नेपाली काँग्रेस प्रदेश सभापतिका लागि ६ वटा प्रदेशमा निर्वाचन भइरहेको छ । काँग्रेसको भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा या इतर समूहबाट कस्को पल्लाभारी छ भन्ने देखाउने प्रदेशहरुको चुनावलाई महत्वका साथ हेरिएको छ ।

६ प्रदेशमा तिव्र प्रतिष्पर्धा छ । विशेषगरी बागमती, प्रदेश १, लुम्बिनी र गण्डकीमा निकै कडा प्रतिष्पर्धा छ । बागमती र कर्णालीमा तीनजना उम्मेदवार छन् ।

प्रदेश १ मा देउवा र सिटौला पक्षको गठबन्धन बनेको छ । बागमतीमा देउवा र सिटौला पक्षका फरक उम्मेदवार छन् ।

प्रदेशहरुमा उम्मेदवार
प्रदेश १
संस्थापन पक्षः उद्धव थापा
संस्थापन इतर पक्षः गुरुराज घिमिरे
बागमती प्रदेश
संस्थापन पक्षः इन्द्र बाँनिया र भीमसेनदास प्रधान
संस्थापन इतर पक्षः जगदीश्वरनरसिंह केसी
गण्डकी प्रदेश
संस्थापन पक्षः अजुनप्रसाद जोशी
संस्थापन इतर पक्षः शुक्रराज शर्मा
लुम्बिनी प्रदेश
संस्थापन पक्षः भरतकुमार शाह
संस्थापन इतर पक्षः अमर सिंह पुन
कर्णाली प्रदेश
संस्थापन पक्षः ललितजंग शाही
निधि पक्षः मोतिराज बम
संस्थापन इतर पक्षः भूपेन्द्रजङ्ग शाही
सुदूरपश्चिम प्रदेश
संस्थापन पक्षः वीरबहादुर बलायर
संस्थापन इतर पक्षः नारायण मिश्र

 



प्रतिक्रिया दिनुहोस्

Screenshot