Logo

विशाल भट्टराईको दाबी : भीम रावल एमाले छोडेर अरु पार्टीमा जानुहुन्न (भिडिओसहित)



काठमाडौं, १८ मंसिर । नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुले पार्टीमा सहमतिमा नेतृत्व चयन गर्न खोज्दा महाधिवेशनलाई ओलिवेशन भनिएको गुनासो पोखे । उनले सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्नु लोकतन्त्रको सर्वोत्तम रुप भएको सुनाए । उनले भीम रावलले एमाले छोडेर अरु पार्टीमा नजाने दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू पार्टीको केन्द्रीय सदस्य बन्नु वा नबन्नुले पार्टीलाई केही फरक नपर्ने जिकिर गरे । तर, आफूलाई अहिलेको पोर्टफोलियोले कुनै फरक नपार्ने सुनाए । उनले आफूले छिट्टै नयाँ जिम्मेवारी पाउने पनि जनाए । उनले आफूले नै पार्टीमा सर्वसम्मतीको अभियान चलाएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्