Logo

राप्रपा महाधिवेशनः बाहिर चहल–पहल भित्र सुनसान, अझै सुरु भएन मतदान (फोटोफिचर)



काठमाडौं, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज हुने निर्वाचन अझै सुरु हुन सकेको छैन् । राजधानीस्थित भृकुटी मण्डप परिसरमा विहानैदेखि निर्वाचनको चहल पहल देखिएपनि निर्वाचन प्रक्रिया भने सुरु हुन नसकेको हो ।

अध्यक्ष पदका लागि हुने निर्वाचनमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन्। उनीहरूले पदाधिकारीमा आआफ्नो टिम बनाएर मनोनयन दर्ता गरेका छन्। अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान हुँदैछ। बिहान ११ बजेबाट निर्वाचन समितिले मतदान सुरू गने भनेपनि अझै सुरसार देखिएको छैन्।

अपराह्न ५ बजेसम्म हुने भनिएको निर्वाचन सुरु हुन नसक्दा केहि समय पछिसम्म धकिलिने अनुमान गरिएको छ। विद्युतीय मतदानका लागि एक सय वटा मेसिन तयारी अवस्थामा छन्। ९१ जनाले एकैपटकमा मतदान गर्न सक्नेछन्।

९१ वटा मेसिन मतदानस्थलमा रहेका छन् भने बाँकी चार वटा मेसिन मतदातालाई सिकाउनका लागि मतदानस्थलबाहिर राखिएको छ भने पाँच वटा मेसिन ब्याकअपको लागि राखिएको छ । तर, अध्यक्ष पदका लागि भने विद्युतीय मतदान हुनेछैन् । अध्यक्ष पदका लागि भने मतपत्र प्रयोग गरिने छ ।



प्रतिक्रिया दिनुहोस्