Logo

नेपाल बारको आन्दोलन अरु कसैले ‘रिमोट-कन्ट्रोल’बाट चलाईराखेको छ : रमेश बडाल (भिडिओसहित)



काठमाडौं, १८ मंसिर । पूर्व महान्याधिवक्ता एवम् नेकपा (एमाले)का नेता रमेश बडालले नेपाल बारको आन्दोलन सुरु हुनुभन्दा अघि नै आफूले सल्लाहकार समितिको बैठकमा पुगेर इजलास बहिष्कार गर्ने काम नगरौं भनेर सुझाव दिएको पनि स्मरण गराए ।

उनले यदि इजलास बहिष्कार गरिए जनताप्रति घात हुन्छ भनेर पहिले नै भनेको पनि स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बारको आन्दोलन गर्नुअघि बारका पूर्व अध्यक्षहरु र वर्तमान पदाधिकारीले घमण्ड गरेको पनि सुनाए । उनले विगतमा बार एक्सट्रिममा गएको भएपनि अहिले ठीक ठाउँमा आईरहेको आफ्नो विश्लेषण सुनाए ।

बारले सुरुमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरासँग भेटेर गोलाप्रथा लागु गर्न भनेको र प्रधानन्यायधाीशले पनि फूलकोर्ट राखेर यो निर्णय गराउँछु भनेको पनि स्मरण गराए । तर, भोलिपल्टै बार आन्दोलनमा गएकोमा उनले आश्चर्य प्रकट गरे । नेपाल बारको आन्दोलन अरु कसैले रिमोट कन्ट्रोलबाट चलाईराखेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्