Logo

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै



काठमाडौं, १८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा आज संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो १ बजे सुरु हुनेछ ।

२ खेलमा ४ अंक जोड्दै पाचौं स्थानमा रहेको संकटा आज दोस्रो जितको खोजिमा हुनेछ ।

यस्तै, २ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको मनाङ आज तेस्रो जितको खोजीमा रहनेछ ।

साथै, आज हुने दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

च्यासल र एनआरटीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

च्यासल दोस्रो जितको खोजीमा हुनेछ भने एनआरटी पहिलो जितको खोजीमा रहने छ ।



प्रतिक्रिया दिनुहोस्