Logo

कांग्रेस नेता रेशम बानियाँको केन्द्रीय सदस्यमा उम्मेदवारी



काठमाडौं, १८ मंसिर । नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँले केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन् । म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य समेत रहेका बानियाँले बुधबार नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

केन्द्रिय तहमा राजनीतिक पहुँच बढाएर पार्टी र संगठनलाई बलियो बनाउन उमेद्वार दिन लागेको नेता बानियाँले बताए । नेबिसंघको संस्थापक जिल्ला सभापति, नेपाली काँग्रेस म्याग्दीको संस्थापक रहेका बानियाँ तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्ष, जिल्ला सचिव, उपसभापति र सभापति समेत निर्वाचित भएका थिए । बानियाँलाई दोस्रो संबिधानसभामा नेपाली काँग्रेसले सदस्य मनोनित गरेको थियो ।

‘म्याग्दीबाट काँग्रेसको केन्द्रिय समितिमा अहिलेसम्म प्रतिनिधित्व भएको छैन,’ उनले भने ‘जिल्लाको केन्द्रसँग राजनीतिक पहुँच बढाएर समग्र विकासमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाउँदछु ।’ बानियाँ बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

नेपाली काँग्रेसको प्रदेश अधिवेशन मंङसिर १६ देखि १८ गते, चौधौ केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुदैछ ।



प्रतिक्रिया दिनुहोस्