Logo

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल भोली, उपाधीका लागि सुदुपश्चिम र लुम्बिनी भिड्ने



काठमाडौं, १८ । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश भिड्ने भएका छन् ।

क्रीतिपुर स्थित टियू क्रिकेट मैदानमा हुने खेलमा भोली (आइतबार) सुदुरपश्चिम र लुम्बिनीबीच प्रतिष्पर्धा हुने भएको हो ।

सुदूरपश्चिमले शुक्रबार बागमती प्रदेशमाथि आठ विकेटको सानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

यस्तै, लुम्बिनी १० अंकका साथ यसअघिनै फाइनल प्रवेश गरिसकेको थियो ।

प्रतियोगिता अवधिभर लुम्बिनीले शानदार प्रर्दशन गर्दै आएको छ भने सुदुरपश्चिम पनि कम देखीएको छैन् ।

भोली हुने खेल रोमान्चक हुने आंकालन गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्