Logo

न्युजिल्यान्ड-भारत टेष्ट: एकै इनिङमा १० विकेट लिने एजाज पटेल बने चर्चित



एजेन्सी, १८ मङ्सिर। न्युजिल्यान्डका बलर एजाज पटेलले भारतविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा सम्पूर्ण १० विकेट लिएका छन् । मुम्बाइमा जारी खेलमा पटेलले भारतका सबै खेलाडीलाई एक्लैले आउट गरेका हुन् । टेष्ट क्रिकेटमा एकै इनिङमा १० विकेट लिने कीर्तिमान बनाउने पटेल तेस्रो खेलाडी हुन् । यसअघि भारतका अनिल कुम्ले र इंग्ल्याण्डका जिम लेकरले पनि एकै इनिङमा १० विकेट पनि लिएका थिए । मुम्बाईमा जारी खेलमा पटेलले १ सय १९ रन दिएका भारतको १० विकेट झारिदिएका हुन्।

उनले ४७ ओभर ५ बल फालेका थिए । अल आउट हुनअघि भारतीय ब्याट्सम्यानले ३ सय २५ रन मात्रै जोड सके । न्युजिल्यान्डको तर्फबाट ११ टेष्ट म्याच खेल्दै गरेका पटेलको जन्म सन् १९८८ मा मुम्बईमा भएको थियो । दोस्रो टेष्टमा पहिलो इनिङमा भारतका लागि मयंक अग्रवालले १ सय ५० रनको इनिङ खेले । अक्सर पटेलले ५२ रन बनाए । एजाजले कप्तान विराट कोहली, चेतेश्वर पुजारा र रविचन्द्र अश्विनलाई डक आउटा गरेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्