Logo

बेलायतमा हालसम्म ४२ जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि



एजेन्सी, १८ मङ्सिर। बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालय उक्त संख्या ओउश्ति गरेको हो। पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५ सय ८४ नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।

यता ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको डब्लूएचओले जनाएको छ । विश्वभरिबाट संकलन गरिएको ओमिक्रोनबाट संक्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको उसले जनाएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्