Logo

एमसीसी र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग दलहरुबीच सहमतिका आधारमा हुन्छ : प्रचण्ड



काठमाडौँ, १८ मङ्सिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने र एमसीसीको विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा  हुने स्पष्ट पारेका छन् । प्रेस सेन्टर नेपाल चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने डर भइरहेको बेला उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आश्वासन दिएका छन् । प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन । ढुक्क हुनुस।’



प्रतिक्रिया दिनुहोस्