Logo

‘प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशनमा खोटाङ र इलाममा निश्पक्ष निर्वाचन नभएको आरोप’



काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको प्रदेश नम्बर १ मा प्रदेश अधिवेशनमा सोलखुम्बु र ईलाममा निश्पक्ष निर्वाचन नभएको भन्दै संस्थापनईतर समूहले आपत्ति जनाएको छ। निर्वाचन अधिकृतले प्रदेश नम्बर १ को प्रदेश सभाको अधिवेशनको निर्वाचन निश्पक्ष र स्वतन्त्र रुपमा गर्न नसकेको उनीहरुको आरोप छ ।

उम्मेद्धवारी नै नदिएका कतिपयलाई सहमतिको आधारमा प्रदेश केन्द्रीय सदस्यमा निर्वाचित गरिउको र सरोकारभन्दा बाहिरका मान्छे बसेर निर्विरोध घोषणा गरेको उनीहरुको गम्भीर आरो छ । यस सम्बन्धमा उक्त समूहका नेताहरुले केन्द्रीय निर्वाचन आयोगलाई पनि रिपोर्ट गरिसकेको जनाएको छ ।

नेता बलबहादुर केसीले ईलाम र सोलखुम्बुमा एउटै प्रकृतिको विवाद रहेको सुनाए । तोकिएको समयमा दरखास्त दिँदापनि सहमतिको नाममा आज दरखास्त दिनेलाई रिजेक्ट गरेर हिजो दिनेलाई निर्विरोध बनाईएको भन्दै आपत्ति जनाए । उनले भने,‘नियम, विधि र विधान विपरित यस्तो काम गर्न पाईन्छ ? यो विषय हामीले निर्वाचन प्रमुखलाई पनि जानकारी गराएका छौं । अहिले हाम्रो जिल्लाका अधिकांश नेताहरु आक्रोशित हुनुहुन्छ ।’

file photo

 



प्रतिक्रिया दिनुहोस्