Logo

राप्रपा एकता महाधिवेशनः कमल थापाले गरे मतदान(फोटोफिचर)



काठमाडौँ, १८ मंसिर । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भइरहेको चुनावमा वर्तमान अध्यक्ष कमल थापाले मतदान गरेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा वर्तमान अध्यक्ष थापाले मतदान गरेका हुन् ।

आज मतदानको प्रक्रिया ढिलो शुरु भएको थियो । उनले महाधिवेशन स्थलको अवलोकन समेत गरेका छन् । अहिलसम्म कुल मतको ५० प्रतिशत मत खसिसकेको बुझिएको छ । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङदेनबीच कडा प्रतिस्पर्धा रहेको छ ।-Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्