Logo

रोमान्चक खेलमा संकटा र मनाङ बराबरीमा रोकिए



काठमाडौं, १८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आजको पहिलो खेल बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा संकटा क्लब मनाङ मस्र्याङ्दीसँग अंक बाड्न बाध्य भएको हो ।

खेल २–२ को बराबरीमा रोकीएको हो ।

खेलको ३१ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए ।

तर, ३५ औं मिनेटमा मनाङका दयानन्दले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ७० औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए ।

तर, खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्