Logo

कुन्ती शाहीमाथि रेखा थापाको असहिष्णु टिप्पणी : एउटा नेतासँग कोठे राजनीति गरेर कोही नेतृ बन्दैन् (भिडिओसहित)



काठमाडौं, १८ मंसिर । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी रेखा थापाले आफ्नो प्रतिष्पर्धी कुन्ती शाहीमाथि असहिष्णु टिप्पणी गरेकी छिन् । रेखाले शाहीले नेताको चाकडी गरेर राजनीति गरेको तर आफूले जनताको लागि राजनीति गरेको टिप्पणी गरिन् ।

मतदान गरिसकेपछि मिडियासँग कुरा गर्ने क्रममा रेखा शाहीमाथि असहिष्णु सुनिएकी हुन् । उनले भनिन्,‘उहाँले नेताको चाकडी गरेर गरेको राजनीति र मैले जनताको लागि गरेको राजनीति त डिफरेन्ट छ । एउटा नेतालाई खुशी पारेर, एउटा नेतासँग कोठे राजनीति गरेर कोही नेतृ बन्दैन् ।’

उनले आफूले २० वर्षदेखि यो देशका छोरीहरुलाई, युवालाई जागरण गर्नको लागि उल्लेखनीय भूमिका खेलेको पनि दाबी गरिन् । उनले भनिन्,‘मैले फिल्मबाहेक पनि समाजसेवामा यो देशमा एउटा राष्ट्रियताका े जागरण कसरी गराउने ? यो देशका छोरीहरुलाई सशक्त कसरी बनाउने भन्ने मेरो अभियान २० वर्षदेखिको हो । म हिजो एसिड काण्ड भैरहँदा, बालविवाह विरुद्ध अभियान चलाईरहँदा, दाईजो प्रथाविरुद्ध अभियान चलाईरहँदा, छाउपडीविरुद्ध अभियान चलाईरहँदा उहाँ कहाँ हुनुहुन्थ्यो ? एउटा नेतालाई खुशी बनाएर नेतृ बन्छ ? यो टिके प्रवृत्ति र किस्तीमा पाएको पदको प्रवृत्तिको विरुद्धको मेरो उम्मेद्धवारी हो ।’

उनले शाहीले नेतानिकट भएर मन्त्री भएको पनि आरोप लगाईन् । उनले थपिन्–‘अरु महिला थिएनन् त पार्टीमा ? उहाँले खुल्लाबाट उठ्न सक्नुहुन्थेन । एकजना नेतालाई खुशी बनाएर, एक जना नेताको प्रिय पात्र भएर राजनीति हुँदैन् ।’ थापाले शाहीलाई एकपटक फिल्म खेलेर देखाउनपनि चूनौति दिएकी छिन् । उनले आफूले वैशाखमा फिल्म बनाउने र उक्त चलचित्रमा आमाको भूमिका दिने पनि व्यंग्य कसेकी छिन् ।

Video Source: NepalPress



प्रतिक्रिया दिनुहोस्