Logo

रक्षा वस्याललाई उच्च अदालतको न्यायाधीश नबनाईएकोमा बन्दी दम्पत्ति बारको आन्दोलनमा उग्र बनेको दाबी !



काठमाडौं, १८ मंसिर । अधिवक्ता गोविन्द बन्दी र नेपाल बारकी उपाध्यक्षसमेत रहेकी बन्दीकी श्रीमती रक्षा वस्याल बारको आन्दोलनमा आक्रामक रुपमा प्रस्तुत हुनुको रहस्य खुलेको छ । बन्दी दम्पत्तिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आक्रामक अभिव्यक्ति दिनुको कारण आज खुलेको छ । बन्दी दम्पत्ति माधव नेपालनिकट कानून व्यवसायीको रुपमा परिचित छन् ।

कतिसम्म भने बन्दी शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री बन्ने चर्चासमेत चलेको थियो । यद्धपी उनले आफूले कहिल्यैपनि मन्त्री बन्नको लागि कसरत नगरेको भनेर पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा स्पष्ट पारिसकेका छन् ।

तर, देउवाले सरकारलाई पूर्णता दिने पूर्व सन्ध्यामा समेत माधव नेपालको कोटाबा बन्दी कानूनमन्त्री बन्दै भन्नेखालको समाचार नेपालको मूलधारका मिडियामा आएका थिए । तर, सर्वत्र आलोचना भएपछि बन्दी मन्त्री खानबाट पछि हटेको कानून क्षेत्रका विज्ञहरुको दाबी छ । उनी मन्त्री नै भएको भएपनि सांसद नभएकोले ६ महिनाको लागि हुने संवैधानिक व्यवस्था थियो ।

उता, बारकी उपाध्यक्ष रक्षा वस्याल भने प्रधानन्यायाधीश जबराविरुद्ध खनिनुको कारण भने उच्च अदालतको न्यायाधीश हुन नपाउनु रहेको खुलेको छ । वस्यालले उच्च अदालतको न्यायाधीश हुनको लागि धेरै कोशिस गरेको तर कोशिस गर्दापनि सफल नभएपछि उनी प्रधानन्यायाधीश जबराविरुद्ध खनिएको बुझ्न आएको छ।

प्रधानन्यायाधीश जबराको पालामा उच्च अदालतको न्यायाधीश नभएको भन्दै उनले व्यक्तिगत आक्रोश अहिले बारको आन्दोलनमार्फत पोखिरहेको स्रोतको दाबी छ । वर्तमान प्रधानन्यायाधीश जबरालाई हटाउन सकियो भने अब बन्ने प्रधानन्यायाधीश खासगरी न्यायाधीश दीपककुमार कार्कीबाट उच्च अदालतमा न्यायाधीश बन्ने महत्वकांक्षाका कारण बन्दी दम्पत्ति अहिले बारको आन्दोलनका उग्र रुपमा प्रस्तुत भएको बुझ्नमा आएको छ ।



प्रतिक्रिया दिनुहोस्