Logo

काँग्रेस लुम्बिनी प्रदेशको चुनाव सकियो, को जित्ला ?



बुटवल, १८ मंसिर । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको मतदान सकिएको छ । कुल मतदाता १६७० रहेको प्रदेशमा १६३१ मत खसेको छ ।

लुम्बिनीमा संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट अमरसिंह पुनबीच प्रतिष्पर्धा छ । प्यानलसहित उम्मेदवार बनेका दुवैले चुनाव जित्ने दाबी गरेका छन् ।

जिल्ला सभापतिमा बढी संस्थापन इतर समूहले जितेको छ । महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा पनि इतर समूह बलियो देखिन्छ । तर, गृहमन्त्री समेत रहेका संस्थापन पक्षका नेता बालकृष्ण खाँड आफै सक्रिय भएकाले चुनावी पासा पल्टेमा आश्चर्य नमाने हुन्छ ।

संस्थापन पक्षः भरतकुमार शाह
संस्थापन इतर पक्षः अमर सिंह पुन



प्रतिक्रिया दिनुहोस्

Screenshot