Logo

कार्यकर्ता एमालेमा जानबाट रोक्न माधव नेपालले केन्द्रीय नेताहरुलाई जिल्ला-जिल्ला खटाए



काठमाडौं, १८ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका केन्द्रीय नेताहरुलाई जिल्ला जिल्लामा पार्टी संगठनको काममा सक्रिय हुन सर्कुलर जारी गरेका छन् । हालै १०औं महाधिवेशन सम्पन्न गरेर काठमाडौं फर्किएका एमाले नेताहरुले माधव नेपालको पार्टीबा नेता तथा कार्यकर्ता तान्नको लागि अभियान चलाउने भएपछि अध्यक्ष नेपालले आफ्ना पार्टीका नेताहरुलाई यस्तो सर्कुलर जारी गरेको पाईएको छ।

हिजोमात्रै योगेश कुमार भट्टराईले प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा अब एमाले संगठन निर्माणको लागि देशव्यापी रुपमा अघि बढ्ने बताएका थिए । माधव नेपालले पछिल्लो दिनमा आफूनिकट नेताहरुलाई जिल्ला जिल्लामा जान निर्देशन दिएका छन् । अहिले पार्टीको तर्फबाट सरकारमा सहभागी नेताहरु जिल्ला दौडमा निस्किएका छन् ।

पर्यटनमन्त्री प्रेम आले जनकपुरमा छन् । उता, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसान पनि जिल्लामा छन् । एमालेबाट विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपालले पार्टी निर्माणको लागि ठूलो समय खर्चिएका छन् । उनी देश दौडाहमा व्यस्त छन् ।

अध्यक्ष नेपाल आज अर्घाखाँचीमा छन् । उनले पार्टीको कार्यक्रममा बोल्दै आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका थिए । अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म टुट्न नदिने र निर्वाचनबाट एमालेलाई पत्तासाफ पार्ने बताए ।

उनले सत्ता गठबन्धनलाई टुटाउन विभिन्न शक्ति लागिरहेको भन्दै गठबन्धनलाई कसैले टुटाउन खोजे पनि नटुट्ने, बरू अझै सशक्त भएर अगाडि बढ्ने बताएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्