Logo

राप्रपाको मतदान रातभर चल्ने



काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा रातभर मतदान हुने देखिएको छ । प्रत्येक मतदातालाई मतदान गर्न समय बढी लागेबाट रातभर मतदान हुने देखिएको हो ।

८ बजेसम्म ३२ सयले मतदान गरेकोमा अझै मतदाता लाममा रहेकाले समय लाग्ने भएको हो । यही गतिमा मतदान अगाडि बढेमा भोलि विहानसम्म लाग्ने देखिएको छ ।

राप्रपामा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित उम्मेदवार छन् । थापालाई बुद्धिमान तामाङ, दिपक बोहरालगायतको साथ छ । पशुपति शमशेर राणाले थापालाई नै साथ दिने संकेत गरेका छन् ।

लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको साथ छ । उनको प्यानलमा रहेका धबल शमशेर राणा पनि मजबुत छन् । लिङ्देनलाई विक्रम पाण्डेले पनि समर्थन गरेका छन् ।

राप्रपाभित्र अध्यक्षमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । लिङ्देन नयाँ पुस्ताका हुन् । उनलाई युवाहरुको बढी साथ छ ।



प्रतिक्रिया दिनुहोस्