Logo

भीमसेनदासको मतले इन्द्र बानियाँ र जगदीश्वरनरसिंहको जीत हारको टुंगो लगाउने



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेशको सभापतिको निर्वाचन रोचक मोडमा पुगेको छ । त्रीपक्षीय प्रतिष्पर्धामा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदानबाट टुंगो लाग्ने भएको छ ।

पहिलो चरणमा इन्द्र बानियाँले ९९२, जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत ल्याए । अब बानियाँ र केसीबीच निर्णायक प्रतिष्पर्धा हुन्छ । प्रधानको मत जसलाई जान्छ उही विजेता बन्छ ।

प्रधानलाई मनाउन दुवै पक्ष लागेको छ । उनले प्राप्त गरेकोमध्ये बानियाँले ५० मत तान्न सके जित्न सक्छन् । तर, केसीले प्रधानको १५० भन्दा बढी मत तानेमा केसीले बाजी मार्न सक्छन् । यसकारण प्राधन निर्णायक शक्ति बनेका छन् ।

बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । केसीलाई संस्थापन पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको साथ छ । प्रधान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । प्रधान निर्णायक बनेका छन् । उनको मत यताउता नहुने खालको भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot