Logo

एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत शेयर बाँडफाँड



काठमाडौं, १९ मंसिर । एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्काशन गरेको ३० प्रतिशत हकप्रद शेयरको बिहीबार बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीको अनुसार २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव ४७६८ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

त्यस्तै, विक्री नभएको २७ हजार कित्ता हकप्रद शेयर धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले उक्त शेयर लिलामीमा विक्री गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्