Logo

फ्रेन्च लिग वानः लेन्स र पीएसजी बराबरीमा रोकिए



काठमाडौं, १९ मंसिर । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले लेन्ससँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ६२ औं मिनेटमा सेको फोफानाले गोल गर्दै लेन्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा जर्जिनियो विज्नाल्डमले गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका थिए ।

यस बराबरीपछि पनि पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।

पीएसजीले १७ खेलमा ४२ अंक जोडेको छ ।

२७ अंक जोडेको लेन्स पाँचौं स्थान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्