Logo

घरेलु मैदानमा रोमाको लज्जास्पद हार



काठमाडौं, १९ मंसिर । इटालियन सिरी ए फुटबलमा रोमा इन्टर मिलानसँग घरेलु मैदानमा पराजित भएको छ ।

शनिबार राति भएको खेलमा इन्टरले रोमालाई उसैको मैदानमा ३–० ले अन्तरले हराएको हो ।

इन्टरको जितमा हाकन काल्हानोग्लु, इडेन जेको र डेन्जेल डुमफ्रिएसले एक÷एक गोल गरे ।

खेलको १५ औं मिनेटमा हाकन काल्हानोग्लुले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा इडेन जेकोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

यस्तै, खेलको ३९ औं मिनेटमा डेन्जेलले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाए ।

यस जितसँगै इन्टर १६ खेलमा ३७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

२५ अंक जोडेको रोमा पाँचौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्