Logo

सवारी दुर्घटनामा स्कुटर चालक १९ वर्षीय युवकको मृत्यु



काठमाडौं, १९ मंसिर । आइतबार काठमाडौंमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । थापाथलीमा मिनि टिप्परको ठक्कर दिँदा बा२४ प ९३५९ नम्बरका स्कुटर चालक सुजन सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलान्चोक घर भएका १९ वर्षीय सापकोटाको स्कुटरलाई आज बिहान त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा२ख ७३२७ नम्बरको मिनि टिप्परले ठक्कर दिएको थियो । स्कुटरको पछाडी सवार रहेका आशिष हुमागाइएको नर्भिक अस्पतालमा उपचार हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot