Logo

कांग्रेसको १४औँ महाधिवेशन : महोत्तरी क्षेत्र नं. ३ मा धाँधली



काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनमा धाँधली भइरहेको खुलेको छ । महोत्तरी क्षेत्र न. ३ को क्षेत्रीय निर्वाचन नै नगराई पूर्व सांसद् रामचन्द्र तिवारीको गुटले आफनो मान्छेलाई डेलिगेट र क्षेत्रीय सभापति चयन गरेको र सोही आधारमा प्रमाणपत्र समेत वितरण गरेको त्यहाँका क्रियाशील सदस्य तथा मनराशिसवा नगरपालिका कमिटी सदस्य नवल किशोर रायले रिपोर्टर्स क्लब नेपाललाई बताएका हुन् ।

उनका अनुसार विपक्षी समूहलाई जानकारी नै गराई विना सहमति एकलौटी रुपमा रामचन्द्र तिवारी पक्षका राघवेन्द्र झालाई क्षेत्रीय सभापति र अन्य प्रतिनिधि चयन गरि प्रमाण पत्रसमेत वितरण गरेको छ । सोही क्रममा उनले भने,‘महोत्तरी क्षेत्र नं. ३ को नेपाली कांग्रेसका निर्वाचन अधिकृत र पर्वेक्षकलाई तिवारी समूहले थुनछेक गरि प्रमाण पत्रमाथि दस्तखत गराई प्रमाण पत्र वितरण गराइएको छ ।’

निर्वाचन प्रक्रियामा धाँधली हुँदा विपक्षी समूहले नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन कार्यलयमा निर्वाचन स्थगित गर्न निवेदन समेत पठाएको थियो । तर, उक्त क्षेत्रमा निर्वचन वा सहमति नै नगराई पूर्व सांसद् तिवारीको शक्ति प्रदर्शनले निर्वाचन नै अन्योलमा परेको कमिटी सदस्य रायले बताए । उनले भने,‘तिवारीले स्थगित निवेदनलाई अस्वीकार गरी एकलौटी प्रतिनिधि चयन गरेको छ । यसले क्षेत्रीय र प्रदेशीय निर्वाचनमा असर पर्नेछ ।’तिवारी पक्षलाई प्रतिनिधि बनाएर दिइएको प्रमाण पत्रसमेत नक्कली रहेको व्यहोरा खुलेको र उक्त प्रमाण पत्रको विषयमा समेत छानविन हुनुपर्ने कमिटी सदस्य रायले बताएका छन् ।

कमिटी सदस्य रायले थपे,‘ निर्वाचनमा अनैतिक कामलाई बदर गरि निर्वाचन स्थगित गर्न पर्वेक्षक धिरेन्द मण्डल स्वयमले गल्ती स्वीकार गरि नेपाली कांग्रेस केन्दिय कार्यलयस्थित निर्वाचन आयोगमा पत्र पठाएको थियो । साथै, प्रमणित नै नभई महोत्तरीका स्थानिय मिडियामा समेत निर्वाचनमा निर्विरोध चयन भएको खबर आएको छ । यहाँ एकलौटी रुपमा कसरत भइरहेको छ ।’

क्रियाशील सदस्य तथा मनराशिसवा नगरपालिका कमिटी सदस्य नवल किशोर रायले रिपोर्टर्स क्लब नेपाललाई दिएको प्रमाण :

यो पनि:

‘कांग्रेसकाे प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित’



प्रतिक्रिया दिनुहोस्