Logo

कल्पना धमलाको दाबी ः आज देश माओवादीको विचारमा चलिरहेको छ (भिडिओसहित)



काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) की नेतृ कल्पना धमलाले यो देशको वैचारिक नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेको दाबी गरेकी छिन् ।  हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै उनले आजको अवस्थामा देश नेकपा माओवादी केन्द्रको विचारको आधारमा चलिरहेको दाबी गरेकी हुन् ।

यस्तै, उनले गणतन्त्रलाई संस्थागत गर्ने र संविधानमा उल्लेख गरिएका कुराहरुलाई व्यवहारिक रुपमा लागु गर्दै समाजवादको बाटोमा अगाडि बढ्ने कार्यभार आफुहरुको काँधमा रहेको सुनाईन् । उनले त्यो कार्यभार पुरा गर्नसक्ने नेता प्रचण्डमात्र रहेको दाबी गरिन् ।

हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्