Logo

हङकङ्गमा आयोजना हुने महिला टि-२० फ्रेन्चाइजमा सीता मगर छनोट



काठमाडौं, १९ मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टीमकी कप्तान सीता राना मगरले हङकङ्गमा आयोजना हुने महिला टी–२० फ्रेन्चाइज खेल्ने भएकी छन् ।

हङकङ्गमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्नका लागि उनी छनोट भएको क्विन्स इभेन्टस म्यानेजम्यान्टले जनाएको छ । उनी विदेशी प्रतियोगिताका लागि छनोट हुने नेपालकी पहिलो महिला खेलाडीसमेत बन्न सफल भएकी छन् ।अन्तराष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता भएको बताइएको छ ।

प्रतियोगितामा १ देखि १५ मेसम्म आयोजना हुँदैछ । ६ टोली सहभागी हुने प्रतियोगिताम विश्वका विभन्न देशबाट छनोट भएका महिला खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।जसमा चर्चित भारतीय खेलाडी हर्मप्रित कौर, पाकिस्तानकी सना मिरलगायत विश्व चर्चित खेलाडीको सहभागीता रहने छ । नेपाली राष्ट्रिय टीमकी उपकप्तानसमेत रहेकी मगरले २००७ मा नेपाली राष्ट्रिय टीममा डेब्यु गरेकी थिइन् ।

नेपाली क्रिकेटमा पोखरा प्रिमियर लिगको आयोजना गर्दै आएको क्विन्स इभेन्ट म्यानेजम्यान्टले अन्तराष्ट्रिय स्तरमा महिला खेलाडीको सम्बन्ध विस्तारमा भुमिका खेल्नको लागि भन्दै सिता रानामगर सँग एजेन्सीका रुपमा काम गर्ने सम्झौता गरेको छ । सिताको हङकङ्गमा हुने प्रतियोगिताका लागि आवश्यक एजेन्सी सेवा अव क्विन्स इभेन्ट म्यानेजम्यान्टले गर्ने भएको छ।



प्रतिक्रिया दिनुहोस्