Logo

एमालेले पैसा बाँडेर चितवनको महाधिवेशनमा मान्छे ल्याएको माधव नेपालको पार्टीका नेताको आरोप (भिडिओसहित)



काठमाडौं, १९ मंसिर । सत्तारूढ नेकपा (एकिकृत समाजवादी) का नेता होम बुढाथोकीले नेकपा (एमाले) को चितवनको महाधिवेशन देखेर एमालेमा जनलहर बढ्यो भन्नु हावा कुरा भएको भन्दै एमालेले पैसा बाडेर चितवनको महाधिवेशनमा मान्छे ल्याएको आरोप लगाएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । यस्तै, उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १५० को स्पिडमा ओरालो लागेको टिप्पणी गरेका थिए ।

साथै, उनले नेकपा (एकिकृत समाजवादी) पार्टीले भर्खर विउ रोपिरहेको उल्लेख गर्दै अबको केही महिनामा एकीकृत समाजवादी पार्टी शक्तिशाली हुने दाबी गरेका थिए । एमाले अध्इक्ष ओलीसँग विचार र सिद्धान्त नरहेको भन्दै सधैँभरि गालीले मात्र राजनीति नचल्ने उनको टिप्पणी थियो ।



प्रतिक्रिया दिनुहोस्