Logo

राष्ट्र बैंकका सेकेन्डह्यान्ड कम्प्पुटर, ल्यापटप लिलाम बिक्रिमा



काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले काम नलाग्ने सम्पत्ति तथा फर्निचर सामानहरु लिलाम गर्ने भएको छ । बैंकलाई काम नलाग्ने सम्पत्ति लिलाम बिक्रिका लागि आइतबार शिलबन्दी बोलपत्र आह्वान गरिएको हो ।

बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेका कम्प्युटर,ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभि, प्रोजेक्टर, एसी लगायतका सामानहरु विद्युतिय सामाग्रीहरु र सोफासेट, ¥याक, कुर्सी, टेबल, तथा तामाका तारहरु जस्ता फर्निचरका सामाग्रीसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरका सामान लिलामी विक्रिमा राखेको बैंकको भनाई छ ।

एक सुचना जारी गर्दै बैंकले १५ दिन भित्र बोलपत्र पेश गर्न आह्वान गरेको हो । न्युनतम ५ प्रतिशत रकम पहिले नै दरखास्तसँगै धरौटी बुझाउनपर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्