Logo

अर्काको बैंकको खातामा भएको ५० हजार रुपैयाँ एक्कासी आफ्नो खातामा ट्रान्सफर गर्दा…



काठमाडौं, १९ मंसिर । अनलाईन ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाईन ठगी गरेको अभियोगमा महोत्तरी सम्सी गाउँपालिका–६ घर भई हाल धनुषा जनकपुर मछलीबजार ठेगाना भएका १९ वर्षीय शेष फैसल बिहीबार पक्राउ परेका हुन् ।

पीडितको एनआइसी एशिया बैंकको खाताबाट कात्तिक ७ गते एक्कासी ५० हजार २ सय रुपैयाँ रकम अनेत्र ट्रान्सफर भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त रकम पीडितको बैंकको खाताबाट आफ्नो वालेट आइडि हुँदै सिटिजन बैंक लि. मा रहेको शेष फैजलको नामको खातामा रकम रकमान्तर गरेको देखिएकोले उक्त ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको जनाएको छ ।

उनीमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको उक्त महाशाखाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्