Logo

चिया पसलमा तास खेल्ने ८ जना नगदसहित पक्राउ



काठमाडौं, १९ मंसिर । तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त चिया पसल अगाडि जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ८ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्