Logo

‘बिइङ ह्युमन’का म्यानेजर स्रोत नखुलेको लाखौँ रकमसहित पक्राउ



काठमाडौँ, १९ मङ्सिर। ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाल स्रोत नखुलाएको रकमसहित पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार खनाललाई विशेष सूचनाका आधारमा ६९ लाख ५० हजार रुपैयाँसहित कपडा पसलबाटै पक्राउ गरिएको हो ।

‘दरवारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा गई चेकजाँच गर्दा श्रोत नखुलेको रकम जम्मा ६९,५०,००० रुपैयाँ फेला परेको हुँदा बरामदी मुचुल्कासमेत गरी सोधपुछ गर्दा श्रोत खुलाउन नसकेकोले म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याई अनुसन्धान गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्