Logo

ज्वालामुखी विष्फोटमा कम्तीमा १३ को मृत्यु , हजारौं विस्थापित



एजेन्सी, १९ मङ्सिर। जाभा टापुमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको सीएनएनमा खबर छ । विष्फोटपछि माउन्ट सुमेरुबाट खरानी निस्कीएको र जसले स्थानीयलाई नराम्ररी असर पारेको जनाइएको छ । पूर्वी जाभा प्रान्तको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोट हुँदा हजारौं विस्थापित भएका छन् ।

विष्फोटमा दुई गर्भवतीसहित ९८ जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढन सक्ने अनुमान गरिएको छ । ज्वालामुखीबाट निस्कीएको बाक्लो धुँवाले गाउँनै अन्धकार बनाएको थियो । ज्वालामुखीका कारण फसेका स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्