Logo

राप्रपाको प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु, कमल थापा अनुपस्थित



काठमाडौँ, १९ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु भएको छ। प्रज्ञा भवनमा जारी कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा नव निर्वाचित केन्द्रीय कमिटीको प्रमाणपत्र वितरण कार्यक्रममा अनुपस्थित भएका छन्।

अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनित गरिने छन् । चार उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, सात सहमहामन्त्रीलगायत पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।  थापाले राजेन्द्र लिङ्देन विजयी भएकोमा सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। थापालले पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाइरहेका छन् । अध्यक्षमा पराजित भए पनि निर्वाचित पदाधिकारीमा थापाकै वर्चस्व देखिएको छ।



प्रतिक्रिया दिनुहोस्