Logo

नेप्सेमा आज ७२ अंकको गिरावट, ४ अर्बको कारोबार



काठमाडौं, १९ मंसिर । शेयर बजारमा आज भारी अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन नेप्सेमा आइतबार ७२ दशमलव ३२ अंकले घटेर २५ सय १३ दशमलव ८७ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १४ दशमलव १७ अंकले घटेर ४७३ दशमलव ३५ विन्दुमा थामिएको हो ।

नेप्सेमा आज २ सय २६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भएरु ४ अबए ९० करोड ७६ लाख ५ हजार ३२५ रुपैयाँ बराबरको ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर खरिद बिक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot