Logo

सिटौला देखि थापासम्मका हस्तीलाई हराउँदै लिङ्देनको छलाङ



काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बलियो राजनीतिक भूगोल बनाएका नेता हुन् । कम्युनिस्टहरुको गढ मानिएको झापामा उनको बलियो पकड छ । जसका कारण लिङ्देनले २०७४ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

काँग्रेसका प्रभावशाली नेता सिटौला उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका नेता हुन् । उनले काँग्रेसको सभापतिका लागि भएको १३औं महाधिवेशनमा उम्मेदवारी दिएका थिए । यस्ता हस्ती नेतालाई पराजित गरेर लिङ्देन चर्चामा आए ।

राप्रपा २०७४ सालको चुनावमा झापा क्षेत्र नं ३ बाहेक देशभरबाट पराजित भएको थियो । लिङ्देनका कारण राप्रपाको अस्तित्व अहिलेको प्रतिनिधिसभामा रह्यो । उनले पार्टीको मुद्दालाई संसदमा उठाइरहे ।

लिङ्देनका लागि मन्त्री बन्ने मौका पनि आएको थियो । उनले राप्रपा छाड्ने देखि फुटाउने सम्मको चर्चा पनि नचलेको होइन । तर, लिङ्देन अविचलित रही एजेन्डाको राजनीतिमा चट्टाने अडानका साथ रहे ।

गत वर्ष हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सडकमा जुलुसहरु निस्कदा झापामा सबैभन्दा बढी मानिस उत्रिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लामा राजसंस्थाको पक्षमा हजारौंको जुलुस निस्किएपछि तरंग आएको थियो । यो लिङ्देनको पक्षमा शक्ति प्रदर्शन थियो । जसले उनलाई अझ प्रभावशाली बनायो ।

प्रतिनिधिसभामा कृष्ण सिटौला जस्ता हस्तीलाई हराएका लिङ्देनले राप्रपाको अध्यक्षको चुनावमा आफ्नै दलका हस्ती नेता कमल थापालाई पराजित गरे । थापा पञ्चायतकाल देखि राजनीतिमा सक्रिय रही पटक पटक मन्त्री भइसकेका नेता हुन् । उपप्रधानमन्त्री भइसकेका थापाले गृह, परराष्ट्र, सञ्चार, स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालय चलाइसकेका छन् । यस्ता हस्ती नेतालाई पराजित गरेर लिङ्देनले राजनीतिक छलाङ मारेका छन् ।

कमल थापाको पराजयको ५ कारण

लिङ्देनको जीतको सन्देश



प्रतिक्रिया दिनुहोस्