Logo

यू–१९ पुरुष क्रिकेटको उपाधी लुम्बिनीलाई



काठमाडौं, १९ मंसिर । वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचालेको छ ।

टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो ।

जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलब ३ ओभरमा अलआउट हुदै केवल ९९ रनमा सिमित भयो ।

सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे ।

कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रनमा आउट भए ।

सुदुरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए ।

दुर्गेश गुप्ताले ३ विकेट तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय १२ रन जोडेको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे ।

शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट चट्काए ।

नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्