Logo

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी



काठमाडौं, १९ मंसिर । नेप्सेमा आज ४ अर्ब ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा उच्च अंकको गिरावट आएपनि केही कम्पनीको भने कारोबार उच्च भएको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज २८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टीलरीको १७ करोड २२ लाख, नेपाल टेलिकमको १६ करोड ६८ लाख, नविल बैंकको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी महालक्ष्मी विकास बैंकको १२ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्