Logo

गाँजासहित दुई जना पक्राउ



भक्तपुर, १९ मंसिर । अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी चोकबाट करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका राइटोल बस्ने २९ वर्षीय रोहित देउलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, लालबन्दी नगरपालिका–१३ स्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका–१४ बस्ने ६३ वर्षीय सोम बहादुर वाइवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.२ ह ५९२८ नम्बरको अटोलाई प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले जाँच गर्दा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्