Logo

काठमाडौंमा एक पुरुषको शव भेटियो



काठमाडौं, १९ मंसिर । काठमाडौंमा आइतबार एक पुरुषको शव भेटिएको छ । आज रातोपुल नजिकै धोबीखोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

खोलामा शव घोप्टो परेको अवस्थामा स्थानियले देखेका थिए । शवको हालसम्म पहिचान हुन नसकेको र थप अनुसन्ँधान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्