Logo

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने



पेरिस, १९ मङ्सिर: फ्रान्सको इले-डे-फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने छिन् ।

पेक्रेसेले पार्टीको दोस्रो चरणको निर्वाचनमा ६०.९५ प्रतिशत मत प्राप्त गरी विजयी भएकी छिन् भने फ्रान्सेली राष्ट्रिय सभाका डेपुटी एरिक सिओटीले ३९.०५ प्रतिशत मत प्राप्त गरेका छन् ।लगभग १४०,००० पार्टी सदस्यहरूले लेस रिपब्लिकनहरूको प्रतिनिधित्व गर्न उम्मेदवारको नामांकनको लागि चुनावको क्रममा मतदान गरेका छन्।

पार्टी युनियन फर ए पपुलर मुभमेन्ट (यूएमपी) बाट २०१५ मा गठन भएको, लेस रिपब्लिकन फ्रान्सेली राष्ट्रिय सभामा दोस्रो ठूलो पार्टी हो।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्