Logo

काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा पुनले शाहसँग मतान्तर बढाए



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिको निर्वाचनमा अम्मरसिंह पुनले प्रतिद्वन्द्वी भरत शाहसँग मतान्तर बढाएका छन् । पुनले ३७८ मत पाउँदा शाहले २३१ मत प्राप्त गरेका छन् ।

पछिल्लो मतगणनामा १५७ मतको अन्तर बनाएपछि पुन जिततर्फ बढेका छन् । पुन संस्थापनइतर समूहका हुन् । शाह संस्थापन पक्षका हुन् ।

लुम्बिनी प्रदेश गृहमन्त्री बालकृष्ण खाँडको गृह क्षेत्र भएकाले त्यहाँको परिणामलाई चासोका साथ हेरिएको छ ।

अहिलेसम्म घोषित ३ प्रदेशको परिणा अनुसार २ मा सभापति शेरबहादुर देउवा पक्षले सभापतिमा जित हासिल गरेको छ । गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जितेको छ ।



प्रतिक्रिया दिनुहोस्